कर्णाली नदीमा पुरुष मृत भेटिए

कैलालीको कर्णाली नदीमा एक पुरुष मृत भेटिएका छन्। जिल्लाको टिकापुर नगरपालिका-८ चौगुर्दीस्थित शनिबार कर्णाली नदीको किनारमा अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको हो।

उनको पहिचान भने नखुलेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


२ माघ २०७८, आइतवार १३:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु