पुस १५ को अवसरमा धनगढीमा ‘डिलाइट सांस्कृतिक साँझ’ हुने

पुस १५ को अवसरमा धनगढीमा विहीबार (पुस १५ गते) डिलाइट सांस्कृतिक साँझ हुने भएको छ । द डिलाइट क्याफेको आयोजनामा साँस्कृतिक साँझ आयोजना हुन लागेको हो ।

धनगढीको रिद्धिसिद्धि पार्टी प्यालेसमा हुने सांस्कृतिक साँझको तयारी अन्तिम चरणमा पुगिसकेको आयोजक डिलाइट क्याफेले बुधबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै जानकारी दिएको छ ।

सुपको कला संस्कृतिको जगेर्ना र मौलिक भेषभुषा खानपानको व्यवसायीकरणको साथै आन्तरिक पर्यटनमा लगानी भन्ने नारासहित सांस्कृतिक साँझ आयोजना गर्न लागिएको संयोजक संयोजक अविशेक चन्दले बताए ।

उनले कार्यक्रममा विशेष गरी थारु संस्कृतिलाई विशेष महत्त्व दिएको र सांस्कृतिक साँझमा कलाकार संगत चौधरी, अनु चौधरी, रितु चौधरी, मधु चौधरी, सुनिता दहितलगायतको सहभागिता रहने बताए ।

यस क्षेत्रको भाषा, कला, संस्कृति स्थानीय खानपान र आन्तरिक पर्यटकलाई प्रवद्र्धनमा योगदान दिएका १५ जना व्यक्तिहरूलाई सो कार्यक्रममा सम्मान समेत गरिने जनाइएको छ ।

कार्यक्रममा मौलिक भेषभुषामा आधुनिक फेशन डिजाइन सो प्रतिधिबाट क्याटवाक सो गरिने र विविध सांस्कृतिक कार्यक्रम नृत्य, गायन, हास्य प्रस्तुतीलगायत हुनेछन् ।

कार्यक्रममा प्रवेश शुल्क १५ सय तोकिएको छ । जसमा १५ सय तिरेर दुई जना आउन पाउने र खानाको व्यवस्था रहेको आयोजकले जनाएको छ ।


१४ पुस २०७८, बुधवार १६:५१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु