सुदूरपश्चिमका १० विमानस्थलमा क्यानले छुट्यायो बजेट, कहाँ कति रकम ?

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले अध्यक्ष रहेको नागरिक उड्डयन प्राधिकरण (क्‍यान) ले सुदूरपश्चिमका १० वटा विमानस्थलका लागि बजेट विनियोजन गरेको छ ।

आलेको अध्यक्षतामा बसेको बैठकले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा स्तरोन्नति गर्नका लागि १ अर्ब रुपैयाँ विनियोजन गरेको छ, जसमा २५० बिघा जमिन अधिग्रहण गर्ने र २५०० मिटर धावनमार्ग बनाउने योजना छ ।

डोटी विमानस्थल स्तरोन्नतिका लागि १८ करोड ६१ लाख विनियोजन गरिएको छ । यो विमानस्थलमा २५० मिटरको धावनमार्ग बनाउने र टर्मिनल भवन निर्माण गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै, साफेबगर विमानस्थलको स्तरोन्‍नतिका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । कमलबजार र महेन्द्रनगर विमानस्थलको सुदृढीकरणका लागि २ करोड ५१ लाख र १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बैतडी, दार्चुला, बझाङ र बाजुरा विमानस्थल निर्माणलाई बहुवर्षीय आयोजनामा राखिएको छ । यी विमानस्थल निर्माणका लागि क्रमशस् १ करोड ५० लाख, २ करोड ६५ लाख, १३ लाख र १८ लाख ७६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

डडेलधुरा विमानस्थलको सम्भाव्यता अध्‍यनका लागि ५० हजार विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।


१२ पुस २०७८, सोमवार १७:२० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु