punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रशारणमा आउने

Chaupati
safha napa

‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रशारणमा आउने भएको छ। हास्यकलाकार जीतु नेपाल प्रस्तोता रहेको कमेडी क्लब सञ्चारकर्मी तथा कलाकार–ؘनिर्देशक दिनेश डिसीको निर्देशनमा नयाँ सेटपकासाथ पुनः प्रशारणमा आउने भएको हो।

नेपालले फेसबुकमार्फत कमेडी क्लब पुनः प्रशारणमा आउन लागेको जानकारी दिएका छन्। उनले मा फेसबुकमा लेखेका छन्, ‘मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस् भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्मतिर लाग्दैछु।

हिजोका केही कमी कमजोरीहरूलाई हटाउँदै नयाँ जोश जाँगर र उत्साह सहित आउन लागेको छु। केही नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित, मेरो आदरणीय गुरु दिनेश डिसी दाइको निर्देशनमा तयार गरिने अबका भागहरू अवश्य हजुरहरूलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने विश्वास लिएको छु।’

उनले क्लबमा सहभागी हुने नयाँ पात्रहरू, प्रसारण हुने टेलिभिजन, मिति र समय चाँडै नै एक कार्यक्रमका बीच सार्वजनिक गर्ने पनि लेखेका छन्। कमेडी क्लब केही समययता रोकिएको थियो।

 


११ पुस २०७८, आइतवार १७:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु