punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्रले पदाधिकारी संख्या बढाएर १५ पुर्‍याउने

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारी संख्या बढाएर १५ पुर्‍याउने भएको छ।पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आइतवार बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी संख्या बढाउने प्रस्ताव महाधिवेशनमा लैजाने निर्णय गरेको हो।

माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार हाल कायम ५ जना पदाधिकारीमा १० जना थप्ने प्रस्ताव अघि बढाइएको हो।माओवादीले प्रदेश कमिटि मा ९ सदस्यीय पदाधिकारी राखेको छ। यस्तोमा माओवादी केन्द्रमा १५ सदस्यीय पदाधिकारी बनाउन लागिएको हो।

‘आजको केन्द्रीय कमिटी बैठकले १५ जना पदाधिकारी बनाउने प्रस्ताव अघि बढाउने निर्णय लिएको छ’, महराले भने, ‘यो प्रस्तावलाई महाधिवेशनमा लगेर विधान संशोधनपछि कार्यान्वयनमा जान सक्नेछ।’

महराका अनुसार यो प्रस्ताव पारित भएमा माओवादीमा अब एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष, एक जना महासचिव, २ जना उपमहासचिव, ३ जना सचिव र एकजना कोषाध्यक्ष हुनेछन्।

माओवादीले अब एमालेको जस्तै अभ्यास गर्न लागेको हो। एमालेको नवौँ महाधिवेशनबाट १३ जना पदाधिकारी चयन भएका थिए।तर गत असोजमा भएको पहिलो विधान महाधिवेशनले पदाधिकारी संख्या १५ बनाएको थियो। त्यसपछि चितवनमा भएको दसौँ महाधिवेशनमा यो संख्या बढाएर १९ बनाइएको छ।


११ पुस २०७८, आइतवार १२:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु