दार्चुलामा एक महिला मृत फेला
दार्चुलामा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको महाकाली नगरपालिका-४ बंगाबगरकी २३ वर्षीया पूजा महरा शनिबार आफ्नै सुत्ने कोठाको पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेकी प्रहरीले बताएको छ।
घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
११ पुस २०७८, आइतवार ०८:५३ बजे प्रकाशित













