डडेल्धुरामा नेकपा (एकीकृत समाजवादी)को कमिटी विस्तार

नेकपा (एकीकृत समाजवादी)ले डडेल्धुराका सातवटै स्थानीय तहमा गाउँ र नगर कमिटी गठन गरेको छ।दुई नगरपालिका र पाँच गाउँपालिकामा कार्यकर्ताको उल्लेख्य सहभागितासहित कमिटी गठन गरिएको एकीकृत समाजवादी डडेल्धुराका प्रचार विभाग प्रमुख सुरेन्द्र मल्लले जानकारी दिए।

उनका अनुसार अमरगढी नगरपालिकाको अध्यक्षमा खेमराज पाठक र सचिवमा प्रकाश ऐर चयन भएका छन्। अमरगढीमा ६५ सदस्यीय नगर कमिटी बनाइएको छ।

यस्तै, परशुराम नगरपालिकाको नगर अध्यक्षमा रामसिंह धामी र सचिवमा मोहनबहादुर सिंह चयन भएका छन्। परशुराममा ५५ सदस्यीय नगर कमिटी चयन भएको प्रचार विभाग प्रमुख मल्लले बताए।

यसैगरी अजयमेरु गाउँपालिकाको अध्यक्षमा डम्बर साउद र सचिवमा देवदत्त भट्ट, आलितालका अध्यक्षमा रामबहादुर कार्की र सचिवमा लालबहादुर धामी तथा गन्यापधुरामा दत्तराज अवस्थी अध्यक्षमा र मुकुन्द भट्ट सचिवमा चयन भएका छन्।

भागेश्वर गाउँपालिकाको अध्यक्षमा खडकसिंह ऐडी तथा सचिवमा खडकसिंह साउद र नवदुर्गा गाउँपालिकाको अध्यक्षमा तेजबहादुर साउद तथा सचिवमा देवबहादुर साउद चयन भएको मल्लले बताए।

उनका अनुसार अजयमेरुमा ४१, आलिताल, गन्यापधुरा र नवदुर्गामा ५१/५१ तथा भागेश्वरमा ४५ सदस्यीय गाउँ कमिटी गठन गरिएको छ।

 


१० पुस २०७८, शनिवार १८:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु