करेन्ट लागेर एक जनाको मृत्यु
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका–८ आमफाँटा शिविर बस्ने वर्ष ४१ वर्षीय सुखराम डगौराको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।
मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ ।खेतमा विद्युतीय मोटरले गहुँ सिँचाइ गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए ।
उनको घोडाघोडी अस्पताल सुख्खडमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१० पुस २०७८, शनिवार १७:२१ बजे प्रकाशित













