थप १६७ जनामा कोरोना संक्रमण, २२६ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८३ पीसीआर परीक्षणमा १५७ जना र २,१६४ एन्टिजेन परीक्षणमा १० जना गरी १६७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २२६ रहेको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४,९७८ रहेको छ ।संक्रमितमध्ये काठमाडौं जिल्लाका ६८, ललितपुरका २६ र भक्तपुरका ४ जना रहेका छन् ।

 


१० पुस २०७८, शनिवार १७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु