punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सर्वदलीय बैठकमा बोलाउँदा ओली आएनन्, अब हामी नै बालकोट जान्छौं : प्रचण्ड

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेले संसद् अवरुद्ध गरेर गठबन्धन तोड्ने प्रयास गरेको आरोप लगाएका छन्।

कारबाही गरिएका भनिएका माधव नेपाललगायत सांसदलाई सर्वोच्च अदालत र संसदले समेत मान्यता दिइसकेको अवस्थामा एमालेले त्यो माग राख्नु गलत भएको बताए।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार सम्पादकहरूसँग छलफल गर्दै प्रचण्डले एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको आरोप नि लगाए। तर कुनै हालतमा संसद विघटन हुन नदिने उनले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउँदा एमाले नआएको बताउँदै अध्यक्ष प्रचण्डले एमाले बैठकमा नआए आफूहरू नै बालकोट (केपी शर्मा ओलीको निवास) जाने पनि बताए।

 


१० पुस २०७८, शनिवार १६:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु