punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खोप लगाउन उत्साहित बने बालबालिका

Chaupati
safha napa

कोरोना भाइरसविरुद्धको खोप लगाउन बैतडीका बालबालिका उत्साहित देखिएका छन्। जिल्लामा हाल १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई विद्यालयमै कोरोना विरुद्धको मोडर्ना खोप दिइँदैछ।

विद्यालयमै खोप केन्द्र स्थापना गरेर सञ्चालनमा रहेको अभियानमा सहभागी हुने र भएका बालबालिका उत्साहित देखिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। यसअघि १८ वर्षमाथिका नागरिकका लागि पनि खोप अभियान सञ्चालन गरेकोमा शुरुमा धेरैले खोप लगाउनै नमानेका भए पनि अहिले त्यस्तो अवस्था छैन।

तर, अहिले १२ देखि १७ बर्ष उमेर समूहका बालबालिकाहरु खोप लगाउन निकै उत्साहित देखिएका छन्। उनले भने, ‘जिल्ला खोप समन्वय समितिले खोप अभियानको अनुगमनका क्रममा अन्य समूहको तुलनामा बालबालिकाहरु खोप लगाउन खुसी र उत्साहित पाइएका छन्।’

खोप लगाउन पाउँदा बालबालिकाहरु निकै उत्साहित र खुसी भएका सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए। उनले भने, ‘हाम्रो विद्यालयका चार सय ७८ विद्यार्थीले खोप लगाए,उनीहरु निकै खुसी छन्, थप आत्मविश्वास पनि बढेको छ।’

जिल्लाभरी ३८ हजार ८१२ जना १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका रहेका छन्। जिल्लाको शिवनाथ, पञ्चेश्वर, सिगास र डिलाशैनी गाउँपालिका तथा पुर्चौंडी, दशरथचन्द, पाटन नगरपालिकामा खोप अभियान सम्पन्न भईसकेको छ भने अन्य पालिकाहरुमा खोप अभियान जारी रहेको छ।

१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लक्षित गर्दै पुस ६ गतेदेखि सुरु भएको खोप अभियान पुस ११ गते सम्पन्न हुने स्वास्थ्यका कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिशप्रसाद भट्टले जानकारी दिए। मोडर्ना खोपको पहिलो मात्रा लगाएपछि २८ दिनभित्र दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ।

बैतडीमा हालसम्म ७५ हजार बढीले कोरोनाविरुद्ध पूर्ण खोप लगाएका छन्। यस्तै खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ जनाले लगाएका छन्।


१० पुस २०७८, शनिवार १५:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु