punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पिएम कप राष्ट्रिय क्रिकेट : बैतडीका खेलाडीको बन्द प्रशिक्षण सुरु

Chaupati
safha napa

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि बैतडीका २८ खेलाडीको बन्द प्रशिक्षण सुरु भएको छ।बन्द प्रशिक्षणमा बोलाइएका ती खेलाडीको प्रशिक्षण मेलौली क्रिकेट मैदानमा सुरु भएको हो।

प्रदेशस्तरीय छनौट प्रतियोगिता खेल्नका लागि अन्तिम १४ को टोली घोषणा गर्न बन्द प्रशिक्षण राखिएको छनौट समितिका सदस्य तथा दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्र बोहराले जानकारी दिए। बन्द प्रशिक्षण ४ दिनसम्म सञ्चालन हुने जनाइएको छ।

हालै देहिमाण्डौमा सम्पन्न जिल्लास्तरीय छनौट प्रतियोगितामा राम्रो प्रदर्शन गरेको आधारमा उनीहरूलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो।

बन्द प्रशिक्षणका लागि छनौट भएका खेलाडीमा दीपक बोहरा, डम्बर बुडाल, वीरेन्द्र नाथ, प्रदीप चन्द, सुनिल चन्द, लोकेन्द्र चन्द, राजु भाट, जगदीश चन्द, गोपी नाथ, नरेन भट्ट, जयराम भट्ट, भुपेन्द्र चन्द, प्रशान्त कार्की र दीपेन्द्र जोशी रहेका छन्।

यस्तै वसन्त भट्ट, राम चन्द, महेश जोशी, धीरु मल्ल, श्याम साउद, मदन चन्द, ऋषिकेश बोहरा, आकाश चन्द, गजेन्द्र बोहरा, प्रेम बुडाल, खडक बोहरा, सुरेन्द्र
चन्द, हिक्मत महरा र लक्ष्मण महरा पनि बन्द प्रशिक्षणका लागि छनौट भएका छन्।

प्रदेशस्तरीय छनौट प्रतियोगिता पुस १४ गतेदेखि कञ्चनपुरको महेन्द्रनगरमा हुँदै छ। नेपाल क्रिकेट संघको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ देखि गतेदेखि काठमाडौँमा हँदै छ।


१० पुस २०७८, शनिवार १४:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु