punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसिसी फर्काउने पक्षमा छैनौं : प्रचण्ड

Chaupati
safha napa

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकाले प्रस्ताव गरेको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० परियोजना फर्काउने पक्षमा आफूहरू नरहेको स्पष्ट पारेका छन्।तर, त्यसका लागि एमसिसी परियोजनामा रहेका बुँदाहरू बिना परिमार्जन अगाडि नजाने पनि दाहालले बताए।

‘नेपालको राष्ट्रिय हित र जनताको भावनालाई केन्द्रविन्दुमा राखेर एमसिसी परियोजना अगाडि बढ्छ,’ शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा दाहालले भने, ‘एमसिसीमा प्रश्नहरू उठेका छन्, त्यसको जवाफ दिएर परिमार्जन र संशोधन गरेर अगाडि लगिन्छ।’

उनले एमसिसीको विषयमा पाँचदलीय गठबन्धनमा कुरा गरेको र संशोधनको निर्क्यौल गर्न बाँकी रहेको उनले बताए।एमाले अध्यक्ष केपी ओली र त्यसबेला उनको पार्टीले नेतृत्व गरेको अर्थमन्त्रालयले जे जति काम गर्‍यो त्यसले जनतामा गम्भीर आशंका बढाएको उनले बताए।

‘ती गम्भीर आशंका क्लियर नगरी जानु अमेरिका, नेपाल र राजनीतिक दललाई फाइदा गर्दैन,’ उनले भने।दाहालले एमसिसी कार्यदलले प्रारम्भिक कार्य सुरू गरेको भन्दै अनुदानमा आएको त्यो रकम पूर्वाधारमा लगानी गर्नुपर्ने बताए।

‘अमेरिकनसँग मेरो नियमितजस्तै सम्पर्क छ। दबाबबाट होइन, अस्पष्टताबाट होइन, समय लाग्न सक्छ। समयको बारेमा दबाब हुँदैन भनेर आग्रह गरिएको छ,’ दाहालले भने।

गठबन्धन तोडे एमसिसीमा समर्थन गर्ने भन्दै कांग्रेससँग एमालेले अराजनीतिक, अनैतिक चरित्र देखाएको दाहालले आरोप लगाए।

‘फेरि पनि प्रतिगमनतर्फ लैजान खोजिँदैछ। प्रतिक्रियावादीहरू संविधान खारेज गर्न चाहन्छन्, यो गठबन्धन टुटाउन जे पनि गर्ने भनिएको छ,’ दाहालले भने, ‘नाटकहरू चलिरहेका छन्। त्यसका विरूद्ध संघर्ष गरिरहेका छौं।’


१० पुस २०७८, शनिवार १३:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु