punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सबैको सभापति भएको प्रत्याभूति दिनेछु : देउवा

Chaupati
safha napa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सबैको सभापति भएको प्रत्याभूति पार्टीमा दिने बताएका छन्।

१४ औं महाधिवेशनबाट निर्वाचितहरुलाई प्रमाणपत्र वितरणका लागि शनिबार आयोजना गरेको कार्यक्रममा देउवाले सभापतिमा विजयी भएको प्रमाणपत्र लिँदै आफू पार्टीमा सबैको भावनाको कदर गर्ने बताए। ुम सबैको सभापति हुँ। सबैको भावना कदर गर्नेछुु उनले भने।

महाधिवेशनमा निर्वाचन कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेकोमा निर्वाचन समितिलाई धन्यवाद दिए।

‘समस्याका बावजुत पनि निर्वाचन सम्पन्न गर्नु भयो। कांग्रेसका लागि नयाँ आयाम थप्नु भएको छ’ उनले भने, ‘वडादेखि नै नेतृत्व चयन सायद अरु दलमा छैन। ग्रास रुटदेखि भिजेको छ।’

३३ प्रतिशत महिला सहभागता अरु दलमा नभएको भन्दै उनले तल्लोतहबाट नै महिलालाई ठाउँ दिएर नेतृत्व कांग्रेसले दिएको उल्लेख गरे।देउवाले आगामी निर्वाचनमा सबै तहमा जित हात पारेर ठूलो पार्टी बन्नु पर्ने बताए।


१० पुस २०७८, शनिवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु