प्रदेश–२ लाई हराउँदै सुदूरपश्चिम प्रधानमन्त्री कपको सेमिफाइनलमा

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले दोस्रो जित हात पारेको छ । उसले बिहीबार प्रदेश–२ लाई ८७ रनले पराजित गरेको हो ।

यो जितसँगै समूह ‘बी’ बाट सुदूरपश्चिमले सेमिफाइनलमा स्थान पक्का गरेको छ । १४४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश–२ ले २० ओभर नै ब्याटिङ गरे पनि ८ विकेट गुमाउँदै ५६ रन मात्र बनाउन सक्यो ।

उसका लागि साना प्रविनले अविजित १४ र विमला मगरले १२ रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । प्रदेश–२ लाई सस्तैमा समेट्न लक्ष्मी साउँद र कविता जोशीले दुई/दुई तथा ईश्वरी विष्टले एक विकेट हात पार्दा तीन विकेट रन आउटको रूपमा प्राप्त भयो ।

यसअघि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । उसका लागि विन्दु रावलले अविजित ५० रनको योगदान दिइन् । ४५ बलको सामना गरेकी उनले ४ चौका प्रहार गरिन् ।

त्यस्तै, रूवी पोदारले २१, डली भट्टले १५, कविता जोशी र संगिता मौनीले १३र१३ रन बनाए । प्रदेश–२ का लागि विमला मगरले दुई तथा अनुराधा चौधरी र साना प्रविनले एकरएक विकेट हात पारे । एक विकेट भने रन आउटको रूपमा प्राप्त भयो ।

यो जितसँगै सुदूरपश्चिमले ३ खेलमा ४ अंक जोड्दा समान खेलबाट २ अंकका साथ प्रदेश–२ प्रतियोगिताबाट बाहिरिएको छ ।


८ पुस २०७८, बिहीवार १४:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु