punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छाङ्गरुमा १५ महिनासम्म पनि बनेन सशस्त्र प्रहरीको भवन, निर्माण कार्य अलपत्र

Chaupati
safha napa

दार्चुलाको व्याँस गाउँपालिकास्थित छाङ्गरुमा निर्माणधीन सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको भवन अलपत्र परेको छ । निर्माणको जिम्मेवारी पाएको ग्वालेक नाती जोइन्ट भेञ्चर कन्सट्रक्सनले समयमै काठको लागि अनुमति नलिदा भवन निर्माण अलपत्र परेको हो ।

अनुमतिबीनै भवन निर्माण सुरु गरि निर्माण व्यवसायीले जङ्गल फडानी गरेको भन्दै उजुरी परेपछि भवन निर्माण रोकिएको छ । छाङ्गरु संरक्षण सामुदायिक वन समिति र स्थानीयले अनुमतिबीनै काठ काटेको भन्दै अपि नाम्पा संरक्षण क्षेत्रमा अनुसन्धान गर्न माग गर्दै उजुरी गरेका थिए ।

उजुरीपछि गत असोज १५ गते अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका रेन्जर प्रयास केसी, भुवनेश्वर चौधरीलगायतको प्राविधि टोलीले काठको अनुसन्धान गरेको थियो ।

गत असोज २० गते अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयका प्रमुख संरक्षण अधिकृत गणेश पौडेललाई बुझाइएको प्रतिवेदनमा निर्माण व्यवसायीले १ हजार २ सय ९२ दशमलव २ क्यूफिट काट प्रयोग गरेको भेटिएको हो ।

स्रोतका अनुसार कुन–कुन क्षेत्रबाट काठ काटिएको भन्ने पूर्ण रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छैन् । तर भवन निर्माणको लागि चाहिने काठको अनुमति नलिएरै सो मात्राको काठ भने भवनमा प्रयोग भएको छ ।

भवन निर्माणको क्रममा अनुमतिबीनै जङ्गल फडानी गरि ठेकेदारले भवनमा काठको प्रयोग गरेको स्थानीयको आरोप छ । सशस्त्र प्रहरीको भवन निर्माणको क्रममा अपि नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने छाङ्गरु संरक्षण सामुदायिक वनको अनुमित नदिएरै ठेकेदारले काठ दोहन गरेको भन्दै अनुसन्धान र छानबीन गरि कारवाही गर्न माग गरेको थियो ।

व्यासको छाङ्गरु गागामा निर्माणाधीन सशस्त्र प्रहरीको ४० कोठे भवन निर्माण हुन लागेको हो । भवन निर्माणको क्रममा पाँच हजार क्यूफिट काठ आवश्यक छ । सरकारले सशस्त्र प्रहरीको भवन निर्माण र नेपाल प्रहरीको भवन निर्माणको लागि यहि भदौ २१ गते ८ हजार ५०० क्यूफिट काठ काट्नको लागि अनुमति दिएको छ ।

ठेकेदारले ०७७ असोज ९ गते भवन निर्माण सुरु गरेको थियो । भवन निर्माण सुरु गरेको एक वर्षपछि मात्रै मन्त्रिपरिषद बैठकको निर्णय गराएर काठको अनुमति पाएको हो ।

भवनमा प्रयोग भएको काठको बारेमा निर्माण व्यवसायीलाई अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले लिखित जवाफ मागेको थियो । कार्यालयले मागेको जवाफमा निर्माण व्यवसायीले नीजि आवासीय वन, ४५० क्यूफिट काठ सामुदायिक वन, भवन निर्माणस्थल वरपर काम गर्दा निस्केको काठ र हेलिप्याड निर्माणस्थलमा रहेको काठ काटिएको दाबी गरेको छ ।

निर्माण व्यवसायीले काठेको काटको सम्बन्धमा प्रतिवेदनले के भन्छ र कार्वाही प्रक्रियाबारे बुझ्न व्यास गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष अशोकसिह बोहरा, प्रदेश सभा सदस्य गेल्बुसिह बोहरालगायतका स्थानीय सोमबार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय पुगेका हुन् ।

उनीहरुले भवनमा प्रयोग भएको काठ र अहिलेसम्म भएको अनुसन्धान प्रक्रियाबारे चासो राखेका छन् । उनीहरुले अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयबाट भएको अनुसन्धान प्रतिवेदन दिन माग गर्नुभएको छ ।

अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख संरक्षण अधिकृत पौडेलले अहिले पनि उक्त काठको बारेमा अनुसन्धान भइरहेको दाबी गरे ।

एक वर्षभित्रै निर्माण सक्ने गरी कुल रु १० करोड लागतमा भवन निर्माणको काम सुरु गरिएको निर्माण व्यवसायी सुरेश चन्दले शिलान्यासको बेला उद्घोष गरेका थिए । २०७७ असोज ९ गते तत्कालीन गृहमन्त्री राबहादुर थापा बादलले भवनको शिलान्यास गरेसँगै भवन निर्माणलाई तिव्रता दिने निर्माण व्यवसायीको काम अहिले भने अलपत्र परेको छ ।

भवन निर्माणमाढिलाई हुँदा सशस्त्र प्रहरीले चिसो मौसमा शास्ती भोग्नुपरेको छ । भवन निर्माणमा प्रयोग भएको काठको मुद्वाका कारण भवन निर्माण झन ढिलाई हुँदै गएको छ ।


७ पुस २०७८, बुधवार १८:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु