punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पीएप कपमा एपीएफ र प्रदेश २ को जित

Chaupati
safha napa

प्रधानमन्त्री(पीएम)महिला कप क्रिकेट टी २० विभागीय टिम एपीएफ र प्रदेश नम्बर २ ले बुधबार जित निकालेका छन्।धनगढीको फाप्ला क्रिकेट मैदानमा बुधबार बिहान सम्पन्न खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशमाथि ८९ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङ गरेको एपीएफले पुरा ओभर खेल्दै सात विकेटको क्षतिमा १२८ रन बनाएको थियो। जवाफमा सुदूरपश्चिम १४ ओभरमा सबै विकेट गुमाएर ३९ रनमा समेटियो।एपीएफको जितका लागि इन्दु वर्माले ३३, राजमती ऐरीले १९, रोमा थापाले १६ वर सरिता मगरले १८ रन जोडिन्।

त्यस्तै ममता चौधरीले पनि १४ रनको योगदान दिइन्। सुदूरपश्चिमका रितु कनौजियाले तीन विकेट लिइन भने कविता जोशी र दीपा जोराले समान २–२ विकेट लिए।

दोस्रो पारीमा सुदूरपश्चिमका रुवी पोदारले १० र रितु कनौजियाले १० रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गर्न सकेनन्। यता एपीएफका करुणा भण्डारीले चार विकेट गिराइन्। सोनु खड्का, रेखा रावल, सुमन विष्ट, सिता राना मगरले समान १–१ विकेट लिए।

त्यस्तै आजकै अर्को खेलमा प्रदेश २ ले गण्डकी प्रदेशलाई हराएको छ। टस जितेर ब्याटिङ राजेको गण्डकीले १७ ओभर १ बल खेल्दै ३९ रन बनाएको थियो। जवाफमा प्रदेश दुईले तीन विकेट गुमाएर ४० रनको लक्ष्य १० ओभर तीन बलमा पुरा गर्‍यो।

खेलमा गण्डकीकी अन्जली विश्वकर्माले १५ रन बनाउनुबाहके अन्य खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। जहाँ प्रदेश २ का सन्तोषी चौधरीले तीन विकेट गिराइन। अनुराधा चौधरीले दुईका साथै सरस्वती कुमारी र रोजी खड्काले समान १–१ विकेट लिए।

जवाफी ब्याटिङमा अनुराधाले २१ र साना प्रविनले २५ रन बनाए। गण्डकीकी शिला क्षेत्रीले एक विकेट लिइन्।आजको जितसँगै प्रदेश नम्बर दुई समूह बीको दोस्रो स्थानमा छ भने एपीएफ शीर्षस्थानमा छ।

एपीएफले दुई खेलमा जित निकालेर चार अंक बनाएको छ भने प्रदेश २ ले एक हार र एक जित निकालेको छ।

समूह बिमा दुई अंक जोडेको सुदूरपश्चिम तेस्रो स्थानमा छ भने जितविहीन गण्डकी पुछारमा छ। यता समूह ए मा ६ अंकका साथ प्रदेश १ शीर्षस्थानमा छ। उसले सेमिफाइनलमा स्थान बनाइसकेको छ।


७ पुस २०७८, बुधवार १८:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु