punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एसईई परीक्षा चैतमा गर्ने बोर्डको तयारी

Chaupati
safha napa

राष्ट्रिय परीक्षा बोर्डले २०७८ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आगामी चैत महिनामा गर्ने तयारी गरेको छ।परिस्थिति सहज भए चैतमै सञ्चालन गर्नेबारे छलफल भइरहेको बोर्ड परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले जानकारी दिए।

परीक्षा नियन्त्रक अधिकारीका अनुसार परीक्षाको लागि प्रश्नपत्र के गर्ने भन्ने विषयमा पनि छलफल चलेको छ।‘प्रश्नपत्र छपाई सुरु भएको भने छैन, कहिले छाप्ने विषयमा भने कुरा उठेको छ,’ उनले भने।

उनले अहिले एसईई दिने विद्यार्थीको फर्म दर्ता भइरहेकोले परीक्षा दिनेको यकिन संख्या थाहा भइनसकेको बताए।यसअघि कोभिड-१९ का कारण भौतिक उपस्थितिमा परीक्षा हुन नसकेपछि आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरिएको थियो।


७ पुस २०७८, बुधवार १७:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु