punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप २३६ जनामा कोरोना संक्रमण, २७२ जना निको

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।७ हजार २ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा २१७ जना र ४ हजार ४३ जनाको एन्टीजेन परीक्षण गर्दा १९ जना गरी २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने २७२ जना निको भएका छन् ।मन्त्रालयका अनुसार भक्तपुरमा १३, ललितपुरमा ३३ र काठमाडौंमा ७६ गरी काठमाडौं उपत्यकामा जम्‍मा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २२ हजार ४३३ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५७९ पुगेको छ भने ८ लाख ९ जहार ३५९ जना संक्रमणमुक्त भएका छन् ।


७ पुस २०७८, बुधवार १६:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु