punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुस १८ गतेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित

Chaupati
safha napa

संघीय संसद् प्रतिनिधि सभाको बैठक पुस १८ गतेसम्मका लागि स्थगित गरिएको छ। बुधबार नेकपा एमालेको अवरोधकै बीच चार अध्यादेश स्वीकृत गर्दै बैठक ११ दिनका लागि स्थगित गरिएको सभामुख अग्निप्रसाद सापकोटाले बताए।

प्रतिनिध सभाको अर्को बैठक पुस १८ गते आइतबार दिउसो १ बजे बस्ने बताइएको छ।गत भदौदेखि संसदमा विरोध जनाउँदै आएको एमालले बुधबार पनि जारी राखेको थियो।

सरकारले र सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्ष दल फुटाउने मतियारको भूमिका खेलेको भन्दै भदौदेखि निरन्तर विरोध गरिरहेको छ।

संसद बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले सदाझैं ‘संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’लगायतका नारा लगाउँदै वेल घेरेका थिए।

एमालेले नाराबाजी कायम राखेपछि विरोधकै बीच संसदका नियमित कामकारबाही अघि बढाइएको थियो।

कार्यसूचीअनुसार विधेयक पेश र त्यसमाथिको छलफललाई निरन्तरता दिइएको थियो। केही दिनदेखि विरोध र विरोधकै बीच संसद सञ्चालन हुने क्रम दोहोरिरहेको छ।


७ पुस २०७८, बुधवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु