बेवारिसे अवस्थामा गोरुगाडासहित काठ बरामद
कैलाली प्रहरीले बेवारिसे अवस्थामा गोरुगाडासहित काठ बरामद गरेको छ । मंगलबार राति झन्डै १२ बजे जिल्लाको कैलारी गाउँपालिका –७ रामपुरस्थित हुलाकी सडक खण्डबाट प्रहरी टोलीले गोरुगाडासहित काठ बरामद गरिएको हो ।
सीमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरी गस्ती टोलीले गोरुगाडामा बेवारिसे अवस्थामा राखेको २१ वटा सालको कडी(काठ) नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
७ पुस २०७८, बुधवार १४:३० बजे प्रकाशित































