punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अवरोधबीच सभामुखले अघि बढाए प्रतिनिधि सभा बैठक

Chaupati
safha napa

नेकपा एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठक अघि बढाएका छन्।

उनले नेमकिपाका सांसद प्रेम सुवाललाई बोल्न समय दिए। सुवालले प्रतिपक्षका माग सम्बोधन गर्न आग्रह गरे। उनले एमसीसी सम्झौता खारेज गर्न समेत माग गरे। अहिले नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी अध्यादेश स्वीकृत गर्ने सम्बन्धमा बोल्न सभामुखले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिए।

सभामुख सापकोटाले पार्टी फुटाउने मतियारको भूमिका खेलेको भन्दै एमालेले भदौदेखि निरन्तर विरोध गरिरहेको छ। संसद् बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले ‘संसदीय मर्यादा कायम गर, पक्षपातपूर्ण व्यवहार बन्द गर, पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ लगायतका नारा लगाउँदै बेल घेरेका छन्।

एमालेले विरोध जनाएपछि सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावलीतर्फ ध्यानाकर्षण गराएका छन्। उनले विरोध गर्दै नाराबाजीमा उत्रेका एमाले सांसदलाई लक्षित गर्दै भने, ‘नियमत ६ को उपनियम ६ बमोजिम बैठक सञ्चालनका लागि आवश्यक सहयोगका लागि अनुरोध गर्दछु।’

नेपालको संविधानको धारा १०५ मा अदालतमा विचाराधीन मुद्दामा संघीय संसद्को कुनै सदनमा सवाल उठाउन नपाइने व्यवस्थाका लागि पनि सभामुखले ध्यानाकर्षण गराइरहेका छन्।

एमालेले सभामुखको उक्त चेतावनीपूर्ण ध्यानाकर्षणलाई नजरअन्दाज गर्दै नाराबाजी कायम राखेपछि विरोधकैबीच संसदीय प्रक्रिया अघि बढाइएको हो। कार्यसूचीअनुसार छलफललाई निरन्तरता दिइएको छ। केही दिनदेखि विरोध र विरोधकैबीच संसद् सञ्चालन हुने क्रम दोहोरिरहेको छ।

एमालेबाट छुटेर बनेको एकीकृत समाजवादी पार्टी अवैधानिक रहेको बताउँदै अदालतमा मुद्दा दायर गरिएको छ। उक्त मुद्दाको छिनोफानो नभएसम्म संसद् चल्न नदिने नीति एमालेले लिएको छ।


७ पुस २०७८, बुधवार १३:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु