punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बडुवालका हत्यारालाई कारबाही गर्न माग गर्दै धनगढीमा प्रदर्शन

Chaupati
safha napa

कैलालीको लम्कीचुहाका भूपेन्द्र बडुवालका हत्यारालाई कारबाही गर्न माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।

बडुवालका आफन्तहरुले हत्यारालाई कारबाही गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। उनीहरुले हत्याराहरूलाई कारबाही गर, मान्छे मार्न पाइदैन, अभियुक्तहरुलाई इन्काउन्टरलगायतका नारासहित प्रदर्शन गरेका थिए।

उनीहरुले फरार अभियुक्तहरुलाई इन्काउन्टर गर्न समेत माग गरेका छन्। कात्तिक २३ गते मंगलवार राति लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्या भएको थियो।

हालसम्म बडुवालको हत्या प्रकरणमा पक्राउ परेका ९ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य ३ जना भने धरौटीमा छुटेका छन्। यस्तै हत्या अभियोगी ९ जना भने अझै फरार छन्।


२७ मंसिर २०७८, सोमवार १५:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु