punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेतृत्वका लागि सहमती नजुटेपछि माओवादीको प्रदेश सम्मेलन लम्बियो

Chaupati
safha napa

नेकपा माओबादी केन्द्रले सहमतीमा सुदूरपश्चिम प्रदेश अध्यक्ष चुन्न नसकेपछि प्रदेश सम्मेलन लम्बिएको छ । शनिबार र आइतबार गरेर दुई दिनका लागि सम्मेलन आयोजना गरिएको भएपनि सहमती नजुट्दा सम्मेलन थप लम्बिएको हो ।

नेताहरुले सकेसम्म सहमतीमै नेतृत्व चयन गर्न दिएका छन् । माओवादीको प्रदेश अध्यक्षका लागि सातजनाले दावी गरेका छन्। माओवादीको वर्तमान प्रदेश अध्यक्ष एवम् केन्द्रीय सदस्य शरद सिंह भण्डारी, प्रदेशका सहइन्चार्ज एवम् केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, केन्द्रीय सदस्य एवम् बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले अध्यक्षमा दावी गरेका छन्।

यस्तै माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका राष्ट्रिय सभा सदस्य हरि चौधरी ‘उत्सव’, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले पनि अध्यक्षमा दावी गरेका माओवादीका एक नेताले बताए।

अहिलेका अध्यक्ष भण्डारी र राष्ट्रिय सभा सदस्य चौधरीमध्ये एकजना प्रदेश अध्यक्ष हुने संभावना रहेको ती नेताको दाबी छ। माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले सकेसम्म सहमतिमै जोड दिने र सहमति नभएको अवस्थामा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने बताइसकेका छन्।

उनका अनुसार अधिवेशनले नौजना पदाधिकारीसहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने छ । सुदूरपश्चिममा माओवादीका ८० हजार ४२७ हजार सदस्य रहेका उक्त पार्टीले जनाएको छ ।


२७ मंसिर २०७८, सोमवार १४:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु