एकीकृत समाजवादीको राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवर

नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको प्रमुख सचेतक चयन गरेको छ । सोमबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले दुबै सदनका लागि प्रमुख सचेतक चयन गरेको हो ।

बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ र राष्ट्रियसभाको प्रमुख सचेतकमा शेरबहादुर कुँवरलाई चयन भएको छ।

बैठकमा मंगलबारदेखि सुरु हुने प्रतिनिधिसभा बैठक लगायत समसामयीक विषयमा छलफल भएको एकीकृत समाजबादीले जनाएको छ । एकीकृत समाजवादीबाट प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ७ गरी ३० जना सांसद रहेका छन् ।


२७ मंसिर २०७८, सोमवार १५:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु