punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दुर्गा प्रसाईलाई पनि एमाले केन्द्रीय सदस्य बनाउने केपी ओलीको प्रस्ताव

Chaupati
safha napa

एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यमा मनोनित गर्ने नेताहरुको नाम प्रस्ताव गरेका छन् । बैठकमा ओलीले प्रस्ताव गरेका नामहरूमा व्यवसायी दुर्गा प्रसाई पनि रहेका छन् ।

प्रसाईसँगै रमेश पौडेल, विशाल भट्टराई, ऐन महरलगायत छन् । प्रस्तावित नाममाथि अहिले छलफल भइरहेको छ । गट्ठाघरस्थित जर्मन होम पार्टी प्यालेसमा जारी बैठकमा आजै स्थायी समति र पोलिटब्यूरो गठनका लागि अध्यक्ष ओलीले नाम प्रस्ताव गर्नेछन् ।

एमालेको विधान अनुसार केन्द्रीय कमिटीले १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ । शनिबारबाट सुरु भएको एमालेको दोस्रो बैठक आजै सक्ने तयारी छ ।

 


२६ मंसिर २०७८, आइतवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु