punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पुनर्वासमा सुरक्षित नागरिक आवास कार्यक्रम शुरू

Chaupati
safha napa

देशैभरी सञ्चालन भईरहेको सुरक्षित नागरिक आवास कार्यक्रम कञ्चनपुरको पुनर्वासमा पनि लागु भएको छ । शनिवार एक कार्यक्रम गरि लाभग्राही सँग नगरपालिकाले सम्झौता गरेको छ । सम्झौता भएका घरपरिवारले पुश्की स्वरुप २५ हजार रुपैयाँ भुक्तानि पाउने छन भने परियोजना समापन पश्चात बाँकि ३० हजार पाउने छन ।

नगरपालिका भित्र बसोबास गरीरहेका घरमा खरको छानो भएका बिपन्न परिवारलाई ५० हजारका दरले १६७ घरपरिवारलाई यो सुबिधा दिईने नगरपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक वीर सिङ सुनार र माता दमाई सँग सम्झौता गरी कार्यक्रमको शुरूवात गरिएको नगर प्रमुख जीवनराज थापाले बताए ।

कार्यक्रममा पुनर्वास नगरपालिका प्रमुख प्रशासकीय शिवराज भट्ट, प्रशासकीय अधिकृत कृष्ण भट्ट , प्राबिधिक लालमन तामाङ्ग लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्धेश्य बिपरीत गैर बिपन्न परिवारले झुक्याई सम्झौता गरी भुक्तानि लिएको देखिएमा निज बाट असुल उपर गरिने प्रमुख प्रशासकिय अधिकृत शिबराज भट्टले बताए ।


२६ मंसिर २०७८, आइतवार १२:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु