सुन प्रतितोला ३ सय रुपैयाँ महँगो, चाँदीको मूल्य पनि बढ्यो
आज सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य गत शुक्रबारको तुलनामा ३ सय रुपैयाँले बढेको हो।
आज छापावाल सुन ९२ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन ९२ हजार रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार प्रतितोला १ हजार १ सय ८५ रुपैयाँ मूल्यमा कारोबार भएकोमा आज ५ रुपैयाँ बढेर १ हजार १ सय ९० रुपैयाँमा कारोबार भएको छ।
२६ मंसिर २०७८, आइतवार १२:१० बजे प्रकाशित






























