punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादी केन्द्रको प्रदेश कार्यसमिति आज चयन हुँदै

Chaupati
safha napa

नेकपा (माओवादी केन्द्र)को प्रदेश सम्मेलनअन्तर्गत आज नेतृत्व चयन हुँदैछ। सात भौगोलिक र दुई गैरभौगोलिक गरी नौ प्रदेशमा हिजो एकैसाथ सम्मेलन उद्घाटन भएको थियो। आज ती प्रदेशहरुमा कार्यसमिति चयन हुने भएको हो।

माओवादी केन्द्रले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। प्रवासबाहेक नौ प्रदेशको बन्दसत्रले आज नेतृत्व चयन गर्ने माओवादी केन्द्रले जनाएको छ। सकेसम्म सबै प्रदेशमा कार्यसमिति सर्वसम्मतिले चयन हुने बताइएको छ।

माओवादी केन्द्रको प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति गठन हुनेछ। विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुने छन्।माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ।


२६ मंसिर २०७८, आइतवार ०८:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु