एमाले अध्यक्ष ओली अस्वस्थ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन्। ओलीलाई मौसमी रुघाखोकीसँगै ज्वरो आएको उनको सचिवालयले जनाएको छ।
काठमाडौंको रोयल ब्यांक्वेटमा ओलीले बिहीबार दिउँसो पत्रकारसँग छलफल गर्ने भनिएपनि अन्तिम अवस्थामा स्थगित गरिएको छ।
अस्वस्थ भएपछि ओली घरमै आराम गरिरहेका छन्। एमाले महाधिवेशनपछि धपेडीमा परेकाले अध्यक्ष ओली सामान्य बिरामी परेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
२३ मंसिर २०७८, बिहीवार १३:३८ बजे प्रकाशित































