punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाकाे भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइयो

Chaupati
safha napa

सुदूरपश्चिममा कोरोना पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाण्डौ पठाइएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला, धनगढीका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा कोरोना पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोरोना पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाण्डौ पठाइएको हो ।

संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब पठाइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रामप्रसाद ओझाले जानकारी दिए । उनका अनुसार कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण नेपालमा पनि पुष्टि भएपछि भेरियन्ट पत्ता लगाउन स्वाब काठमाण्डौ पठाइएको हो ।

सबैभन्दा पहिले कोरोनाभाइरस संक्रमण पत्ता लगाउनका लागि व्यक्तिको स्वाबको नमूना संकलन गरिन्छ । सुदूरपश्चिमका प्रयोगशालाले कुन भेरियन्टको भाइरस हो भन्ने पत्ता लगाउन नसक्ने भएका कारण कोरोना पुष्टि भएकाहरुको स्वाब परीक्षणका लागि काठमाण्डौ पठाउनु पर्ने अवस्था रहेको छ ।

कुन भेरियन्ट हो भनेर हेर्नका निम्ति भाइरसको डीएनए वा आरएनएमा रहेका तत्वहरूको क्रम अर्थात् सीक्वन्स हेर्नुपर्ने भएकाले कोरोना पुष्टि भएकाहरुको स्वाब काठमाण्डौ पठाउन थालिएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक डा गुणराज अवस्थीले बताए ।


२२ मंसिर २०७८, बुधवार १४:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु