एचआइडीसीएलको साधारण सभा पुस २२ गते
जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) ले पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको कार्यालय हात्तिसारमा बिहान ९ बजे सुरु हुने सभाले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांशसम्बन्धी प्रस्ताव पारित गर्नेछ।
सभा प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ। पुस ४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउनेछन्।
२१ मंसिर २०७८, मंगलवार ०८:४९ बजे प्रकाशित






























