punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पत्रकार महासंघको जिम्मेवारीमा नरहने केन्द्रीय उपाध्यक्ष अधिकारीको घोषणा

Chaupati
safha napa

पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महासंघको जिम्मेवारीमा नरहने घोषणा गरेकी छन् । आफ्नो गन्तव्य पार्टी राजनीतितर्फ भएको उल्लेख गर्दै उनले महासंघको जिम्मेवारीमा नरहने बताएकी हुन् ।

‘म नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष भएको नाताले नेपाल पत्रकार महांसघको विधान आचार संहिताका पालना गर्नु मेरो प्रमुख कर्तव्य रहेको कुरा मलाई हेक्का छ ’ उनले सामाजिक सञ्चालनमा लेखेकी छन् ‘अब मेरो गन्तव्य पार्टी राजनीति तिर । ’

उनले आफूलाई महासंघमा निर्वाचित गराउने सबैलाई सामाजिक सञ्जाल मार्फत धन्यवाद समेत दिएकी छन् ।सामाजिक सञ्जाल मार्फत जिम्मेवारीमा नरहने स्पष्ट पारे पनि महासंघमा अहिलेसम्म उनको आधिकारिक राजीनामा पत्र पुगेको छैन ।

‘अहिले सम्म औपचारिक रूपमा राजीनामा बुझाउनु भएको छैन ’ पत्रकार महासङ्घका केन्द्रीय महासचिव रोशन पुरीले भने, ‘नेपाली काँग्रेसको केन्द्रीय हुने अवस्थामा उहाँले राजीनामा दिनुपर्छ र दिन्छु पनि भन्नुभएको छ ।’अधिकारीले भने आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दिने दिनमै राजीनामा दिने बताइन् ।

‘म अब राजनीतिमा लाग्ने हो । यस्तो अवस्थामा महासंघमा रहन्न भन्ने कुरा हो’, उनले भनिन्, ‘अहिले सामाजिक सञ्जालमा लेखेर जानकारी गराए । केही दिनमा उम्मेदवारी दिन्छु त्यही दिन महासंघको पदबाट पनि राजीनामा दिन्छु ।’


२१ मंसिर २०७८, मंगलवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु