जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी १६ बर्षपछि पक्राउ
कैलालीमा जबरजस्ती करणी मुद्दामा फरार १ जना प्रतिवादी १६ बर्ष पछि पक्राउ परेका छन् । २०६२ साल भदौं १८ गतेदेखि फरार रहेका जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ चिसापानी बस्ने ४८ बर्षीय गोविन्द खड्का सोमबार पक्राउ परेका हुन् ।
ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोलीले खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सर्वोच्च अदालतबाट २०७६ साल साउन १६ गतेको फैसलाले उनलाई ८ वर्ष कैद र ५० हजार पिडित पक्षलाई क्षतिपुर्ति भराउने सजाय तोकेको थियो ।
लम्कीचुहा नगरपालिका वडा नम्बर ३ मा आफ्नै घरमा लुकीछीपी बसि रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो । पक्राउ पश्चात प्रतिवादी खड्कालाई आजै बर्दिया जिल्ला अदालतमा पेश गरेको कैलाली प्रहरीले जनाएको छ ।
२० मंसिर २०७८, सोमवार १९:०४ बजे प्रकाशित






























