punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस प्रदेश २ अधिवेशन स्थगित

Chaupati
safha napa

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका प्रदेश २ संयोजक रमेश रिजालले आज सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए । उनले प्रदेशको आठ निर्वाचन क्षेत्रको अधिवेशन नभएको र जनकपुरधाममा विवाहपञ्चमी महोत्सव चलिरहेकाले अधिवेशन गराउनसक्ने अवस्था तत्कालका लागि नरहेको पनि स्पष्ट पारे ।

संयोजक रिजालले भने, ‘प्रदेशको आठ वटा क्षेत्रको अधिवेशन भएको छैन, विवाहपञ्चमी महोत्सव पनि चलिरहेको छ, यस्तो अवस्थामा निर्वाचन गराउनु काबु बाहिरको कुरा हो ।’प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने महोत्तरी, बारा र सप्तरीको एकरएक वटा क्षेत्रको अधिवेशन हुन सकेको छैन ।


२० मंसिर २०७८, सोमवार १५:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु