इराकमा कम्तीमा १ हजार मुस्लिम मारिएको खुलासा
इस्लामिक स्टेट आइएसआइएल समूहले इराकको मोजुल शहरमा कम्तीमा १ हजार मुस्लिमको हत्या गरेको खुलासा भएको छ। संयुक्त राष्ट्रसंघीय अनुसन्धानको टिमद्वारा सार्वजनिक रिपोर्टअनुसार करिब सात वर्षअघि आइएस समूहले कम्तीमा १ हजार मानिसको हत्या गरेको खुलासा गरेको हो।
आइएसआइएलका लडाकुद्वारा सन् २०१४ जुन १० को बिहान मोजुल शहरस्थित बोदुस केन्द्रीय कारागारमा गरेको आक्रमणमा केही मानिसको ज्यान गएको बताइएको थियो। आक्रमणमा परी मृत्यु भएकाहरुलाई सामूहिक चिहानमा गाडिएको थियो।
तर राष्ट्र संघीय सुरक्षा परिषद्का विशेष सल्लाहकार क्रिष्टियन रिस्त्चरले सामूहिक चिहानमा गरेको अनुसन्धानले भने सो समूहले नियोजित ढंगले कम्तीमा १ हजार कैदीको हत्या गरेको फेला पारेको छ। जसमा अधिकांश शिया मुस्लिम समुदायका कैदीहरु रहेको रिपोर्टमा उल्लेख छ।
१९ मंसिर २०७८, आइतवार १७:४७ बजे प्रकाशित






























