punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोनाको बुस्टर डोज लगाउने तयारी, को–को छन् प्राथमिकतामा ?

Chaupati
safha napa

सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने तयारी गरेको छ । यससँगै प्राथमिकतासमेत निर्धारण गरेको छ। राष्ट्रिय खोप सल्लाहकार समितिले बुस्टर डोज दिन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको हो।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक कुमार लाल अनुसार दुई मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिलाई ‘बुस्टर’ डोज दिइने छ। त्यस्तै दीर्घरोगी पनि प्राथमिकतामा पर्नेछन्।

सरकारले बुस्टर डोज उपलब्ध गराउन सूची तयारी गर्दैछ। सोहीअनुरुप खोप अभियान खघि बढ्ने स्वास्थ्य मन्त्री विरोध खतीवडाले बताए। ‘प्रधानमन्त्रीज्युले बुस्टर डोज उपलब्ध गराउने निर्देशन दिइसक्नुभएको छ।

अब प्रक्रिया अघि बढाउँछौं,’ संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उनले भने।सरकारले हालसम्म करिब ५० प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकेको बताएको छ।


१९ मंसिर २०७८, आइतवार १८:१९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु