त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक प्रहरी जवान पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना प्रहरी जवान पक्राउ परेका छन् ।लागूऔषध नियन्त्रण ब्यूरोको विमानस्थल शाखामा कार्यरत जवान राजेन्द्र केसी पक्राउ परेका हुन् ।
विदेशबाट फर्किएर आएका एक व्यक्तिले ल्याएको ५० ग्राम सुन कटाइदिएको अभियोगमा उनी पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतले बतायो ।थप अनुसन्धान भइरहेको छ ।
१९ मंसिर २०७८, आइतवार १४:०४ बजे प्रकाशित































