punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा बलायर र मिश्र प्यानलका उम्मेदवारको टुंगो

Chaupati
safha napa

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिका दुई प्यानलले उम्मेदवारको टुंगो लगाएको छ । संस्थापन अर्थात देउवा प्यानलका सभापतिका उम्मेदवार बीरबहादुर बलायर र पौडेल पक्षका नारायण मिश्रले प्यानल बनाएर शुक्रबार भएको उम्मेदवारी दर्ता गरेका हुन् ।

बलायरको टीमबाट उप–सभापतिमा रघुबर भट्ट र जनकराज चौधरी, महामन्त्रीमा नरनारायण शाह ९मनु० र मेघराज खडका, सह–महामन्त्रीमा चिन्तामणी भट्ट, गोपालदत्त भट्ट र अम्बिका चलाउनेले उम्मेदवारी दर्ता गराएका छन् ।

मिश्रको टीमबाट उपसभापतिमा गोपाल गुरुङ र मानबहादुर रावल, महामन्त्रीमा प्रताप गुर्धामी र रामबहादुर शाही, सह–महामन्त्रीमा पदमराज पन्त, नरेन्द्र भट्ट र खिना भण्डारी कुँवरले उम्मेदवारी दर्ता गराएका छन्।

शनिबार बिहान ८ बजेदेखि मतदान हुने प्रचार–प्रसार समिति संयोजक नृपबहादुर सुनारले जानकारी दिए ।


१७ मंसिर २०७८, शुक्रवार १८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु