punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

खुकुरी रमको नयाँ प्याकेजिङप्रति बढ्यो आकर्षण

Chaupati
safha napa

नयाँ प्याकेजिङका साथ बजारमा ल्याइएको खुकुरी रपप्रति ग्राहकको आकर्षण बढेको कम्पनीले जनाएको छ ।कम्पनीका अनुसार अन्तर्राष्ट्रिय स्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत समेटेर विशेष अनुभूति दिनेगरी ल्याएको उक्त प्याकेजिङ पछिल्लो समय अझ बढी रुचीमा परेको हो ।

विगत ६२ वर्षदेखि खुकुरी रमले ग्राहकको मन जित्दै आएको र नयाँ प्याकेजिङमा रहेका थप ५ विशेषले ग्राहक अझ उत्साही देखिएको रम बिक्रेताहरुको प्रतिक्रिया रहेको कम्पनीले जनाएको छ ।द नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभास लामिछानेले नेपाली वीरताको प्रतीक खुकुरीले नेपालीपन दर्शाउने लामिछाने बताए ।

उनकाअनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको उल्लेख गरे ।यसको गुणस्तर उत्कृष्ट रहेकोले खुकुरी रम ग्राहकको रूचिमा परेको उनले बताए ।


१५ मंसिर २०७८, बुधवार २०:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु