punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी

Chaupati
safha napa

भीम रावल र घनश्याम भुसाल नेकपा (एमाले)को केन्द्रीय सदस्यमा विजयी भएका छन्।केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले मतपरिणाम सार्वजनिक गर्दै उनीहरु केन्द्रीय सदस्यमा विजयी भएको घोषणा गरे।

रावल ९०४ र भुसालले १२ सय ६४ मत ल्याएर केन्द्रीय कमिटीमा विजयी भएका हुन्। रावल अध्यक्ष र भुसाल उपाध्यक्षमा पराजित भएका छन्। आयोगका अध्यक्ष सुब्बाले रावलले आफूलाई केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी नरहेको बताएको जानकारी गराए।

उनले पुरानै प्रचलन अनुसार पदाधिकारीमा उम्मेदवारी दिएकाको केन्द्रीय सदस्यमा पनि स्वतः उम्मेदवार हुने भएकाले त्यसो गरिएको बताएका छन्। सचिवमा पराजित भीम आचार्य पनि केन्द्रीय सदस्यमा विजयी भएका छन् भने सचिवमै पराजित टंक कार्की भने केन्द्रीय सदस्यमा पनि पराजित भएका छन्।


१४ मंसिर २०७८, मंगलवार १९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु