punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एक्लो सुदूरपश्चिमः जहाँबाट कोही पनि निर्विरोध हुन सकेनन्

Chaupati
safha napa

नेकपा एमालेको १०औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि अन्य प्रदेशमा कम्तीमा महिला कोटामा सहमति हुँदा पनि सुदूरपश्चिममा भने महिला र पुरुष दुवै कोटामा सहमति हुन नसक्दा आन्तरिक प्रतिस्पर्धाको सम्भावना बढेको छ ।

केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक सूचीअनुसार सुदूरपश्चिमबाहेक अन्य ६ प्रदेशमा महिला कोटाका उम्मेदवार निर्विरोध भए पनि यो प्रदेश मात्रै हुन नसक्दा निर्वाचनको सम्भावना देखिएको हो ।

पुरुषतर्फका ६ र महिलातर्फका तीन गरी नौ कोटाका लागि सुदूरपश्चिममा मात्रै १४ जना उम्मेदवार भएका छन् । जसमध्ये खुल्ला ६ मा नौ जना र महिला तीन जनाका लागि ६ महिला उम्मेदवार बनेका छन् ।

जसअनुसार खुला ६ का लागि सुदूरपश्चिममा राजेन्द्रसिंह रावल, अफिलाल ओखेडा, कृष्णप्रसाद जैसी, झपटबहादुर बोहोरा, दिपकप्रकाश भट्ट, नारायणमुनि रना, भैरवबहादुर सिंह, लीलाधर भट्ट, सहदेव बोगटीले उम्मेदवारी दिएका छन् ।

महिलातर्फका तीन पदका लागि कमलादेवी महरा, कुमारीकमला बोहरा, पशुपति कुँवर, मञ्जु मलामी, सन्तोष शर्मा थापाले उम्मेदवारी दिँदा खुला र महिला दुवैतर्फ प्रतिस्पर्धा हुने देखिएको हो । उम्मेदवारी फिर्ता लिने समयसम्म १४ मध्ये पाँचजनाले उम्मेदवारी फिर्ता नलिए प्रतिस्पर्धा हुनेछ ।


१३ मंसिर २०७८, सोमवार १९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु