punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसको डडेल्धुरा जिल्ला अधिवेशनलाई निर्वाचन समितिले दियो मान्यता

Chaupati
safha napa

नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको अधिवेशनलाई मान्यता दिएको छ ।अधिवेशन खारेजीको माग गर्दै पूर्वजिल्ला सभापति कर्णबहादुर मल्लसहितका नेता कार्यकर्ताहरु सानेपामा अनसनमा बसिरहेका बेला निर्वाचन समितिले बहुमतले उक्त अधिवेशनलाई मान्यता दिएको हो ।

समितिको सोमबार बसेको बैठकले अधिवेशन प्रक्रियागत रुपमा भएको निष्कर्ष निकालेको हो । संयोजक गोपालकृष्ण घिमिरे, सदस्यहरु एकराज पोखरेल र तेज रावलले डडेल्धुरा अधिवेशनलाई सदर गरेका छन् भने सदस्य सीताराम केसीले भने फरक मत लेखेका छन् ।

उनले बहुमत जिल्ला कार्यसमितिले बहिस्कार गरेको अधिवेशनलाई वैधता दिन नसकिने दावी गरेका छन् ।डडेल्धुराम वडा, पालिका, प्रदेश सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । क्रियाशील सदस्यता विवादलाई लिएर तत्कालीन जिल्ला सभापति मल्ल पक्षले अधिवेशन बहिस्कार गरेको थियो ।

हेर्नुहोस् निर्वाचन समितिको निर्णय



१३ मंसिर २०७८, सोमवार १८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु