punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओलीको शरणमा गएका १० भाईको बेहाल भयो : कुँवर

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष शेरबहादुर कुँवरले एमालेमा १० बुँदे सहमती गरेर अध्यक्ष केपी ओलीको शरणमा गएका १० भाईको अहिले बेहाल भएको बताएका छन् ।

अछामको मेल्लख गाउँपालिका संगठन कमिटीको प्रथम भेलालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले अहिले जारी एमालेको १० महाधिवेशनले १० भाई घर न घाटका हुृने दाबीसमेत गरे ।

एकताको नाममा भीम रावलले ओली गलत कदमलाई समर्थन गरेका कारणलाई रावललाई साथ नदिएको उनले बताए । राष्ट्रिय सभा सदस्यसमेत रहेका कुँवरले रावलले सुरुमा जुन बाटो देखाएका थिए त्यही बाटोमा आफू रहेको बताउँदै भने, ‘रावलले कम्युनिष्ट आन्दोलनलाई धोका दिएका हुन् ।’

भेलामा बोल्दै विशिष्ठ अतिथिसमेत रहेका पार्टीका कन्द्रीय सदस्य एवम् अछाम अछाम ईन्चार्ज कुलबहादुर कुँवरले भीम रावलले आन्दोलनलाई बिच बाटोमा छोडेर जानु जनताप्रति गद्दारी भएको बताए ।

‘केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध रावलले आन्दोलन गर्न लगाए,’ उनले भने, ‘अहिले एकताको नाममा ओलीको दासत्व सहेर कम्युनिष्ट आन्दोलनलाई धोका दिए ।’

साँफेबगर नगरपालिकाका प्रमुखसमेत रहेका उनले ओलीको गलत कदमका विरुद्ध एमालेबाट बिद्रोह गरेर समाजावादी पार्टीको निर्माण भएको बताए ।

भेलामा बोल्दै बिशिष्ठ अतिथीसमेत रहेका पार्टीका केन्द्रीय सदस्य एवम् अछाम जिल्ला सह–ईन्चार्ज मिना साउँदले ओलीलाई नवउदारवाद राजाको संज्ञा दिए । सुदूरपश्चिम् प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्रीसमेत रहेकी साउँदले नेकपाको दुई तिहाई बहुमत नजिकको सरकार गुमेको बताइन् । साथै उनले साँफेदेखि मेल्लेख जोड्ने सडकलाई प्रदेश सरकारले प्रमुख प्राथमिकता दिएको पनि जानकारी दिइन् ।

मेल्लख गाउँपालिका संगठन कमिटीका अध्यक्षता नृप साउँदको अध्यक्षतामा भएको भेलामा पार्टीका केन्द्रीय परिषद कमिटी सदस्य अमृता खड्का, जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई, प्रदेश कमिटी सदस्य शेरबहादुर साउँद, शिवबहादुर कुँवर (शिलोज), जितबहादुर निशानी, डम्बर नेपाली, जिल्ला कमिटी उपाध्यक्ष बिर्मलादेवि बुड्थापा, समाजवादी प्रेस संगठन केन्द्रीय उपाध्यक्ष राजेन्द्र कुँवरले सम्बोधन गरेका थिए ।

यस्तै, बान्निगढी जयगढ गाउँपालिका संगठन कमिटीका इन्चार्ज टेकबादुर रावल, रामारोशन गाउँपालिका इन्चार्ज ताराप्रसाद खनाल, सहकारी बिभाग सदस्य सुरत खड्का, चलचित्र विकास बोर्डका केन्द्रीय सदस्य मानबहादुर कुँवरलगायतले पनि भेलामा आफ्नो धारणा राखेका थिए ।

जिल्ला कमिटी सदस्य समिता महरले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन गाउँ संगठन कमिटी सचिव टेकबहादुर साउँदले गरेका थिए ।


१३ मंसिर २०७८, सोमवार १८:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु