माओवादी केन्द्र गौरीगंगाको अध्यक्षमा कडेल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गौरीगंगा नगरपालिकाको अध्यक्षमा देबिदत्त कडेल निर्विरोध चयन भएका छन् । कडेलको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।
कमिटीको उपाध्यक्षमा भोजराज सापकोटा, हर्क नेगी र खगराज भुसाल सचिबमा गोविन्द चौधरी,कोषाध्यक्ष गौतम सिंह विक र सहसचिब पार्वती बुढाऐर रहेका छन् ।
राष्ट्रिय सभा सदस्य हरिराम चौधरी ९उत्सव० को प्रमुख आतिथ्यमा नगर सम्मेलन सम्पन्न भएको थियो ।
१२ मंसिर २०७८, आइतवार १९:५९ बजे प्रकाशित






























