punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ३२ पालिकामा माओवादीको नगर सम्मेलन सम्पन्न

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये ३२ पालिकामा नेकपा माओवादी केन्द्रको नगर सम्मेलन टुङ्गिएको छ । अन्य ५६ पालिकामा भने मङ्सिर १५ गतेसम्म टुङ्गिने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी अध्यक्ष शरदसिंह भण्डारीको भनाइ छ ।

अछाम जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकामा सम्मेलन सम्पन्न भएको छ । त्यस्तै डोटीको दुई नगरपालिका,चार गाउँपालिका, बैतडीको दुई गाउँपालिका, दार्चुलाको तीन गाउँपालिका, बझाङको एक गाउँपालिकामा सम्मेलन सम्पन्न भएको उनले बताए । डडेलधुरा एक गाउँपालिका, कञ्चनपुरको तिन गाउँपालिका, र कैलालीको १३ मध्ये १२ पलिकामा सम्मेलन सम्पन्न भएको छ ।

३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र मुस्लिम भएको ठाउँमा ५ प्रतिशत पुर्‍याउनु पर्ने हुँदा पनि सम्मेलन सम्पन्न हुन केही ढिला हुन गएको भण्डारीको भनाइ छ । अध्यक्ष भण्डारीका अनुसार उपमहानगरपालिकामा ७५,नगरपालिका क्षेत्रमा ६५,र गाउँपालिकामा ५५ सदस्यीय कमिटी निर्माण गरिएको छ ।

अछामको बान्नीगढीजयगढ गाउँपालिकामा जगत थापा नगर अध्यक्षमा निर्वाचित भएका छन् । उनको अध्यक्षमा ४५ सदस्यीय कार्यसमिति चयन गरिएको छ भने अन्य १० सदस्यीय चयन हुन बाँकी रहेका छन् । अछामको कमल बजार नगरपालिकामा खड्ग सिंह भण्डारीको अध्यक्षतामा ६५ सदस्सीय कार्य समिति गठन गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकामा अशोक कुमार सोप को अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति गठन गरेको छ भने अन्य ८ सदस्यीय पछि थप्ने गरी सम्मेलन टुङ्गिएको उनले बताए । कैलालीको जानकी गाउँपालिकामा ज्ञानु कँवर को अध्यक्षतामा ५५ सदस्यीय कार्य समिति गठन गरी सम्मेलन सम्पन्न भएको छ ।

अन्य स्थानहरूको नामावली आउने क्रम जारी छ १५ गते सम्ममा सबै स्थानीय तहको नामावली आइसक्ने उनको भनाई छ । नगर सम्मेलन सम्पन्न भएका पालिकाहरूमा सर्वसम्मति बाट कार्य समिति चयन गरिएको उनले बताए ।


१२ मंसिर २०७८, आइतवार २०:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु