punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

Chaupati
safha napa

कोरोना भाइरसको नयाँ भेरियन्ट ुओमिक्रोनु को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई कुटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको उनले बताए ।

यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अरू देशका नागरिकलाई कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा निर्णय लिन निर्देशन दिइएको र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर थप कडाइका व्यवस्थाहरू गर्ने प्रवक्ता पोखरेलले बताए ।


१२ मंसिर २०७८, आइतवार १९:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु