punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तेस्रो दिन पनि कालो पट्टिसहित बारको धर्ना

Chaupati
safha napa

कैलाली जिल्ला अदालत अगाडि बार एशोसिएशन कैलालीले लगातार आज तेस्रो दिन पनि कालो पट्टिसहित धर्ना दिएका छन्। बार कैलालीले लगातार तेस्रो दिन पनि जिल्ला अदालत कैलाली अगाडि धर्ना दिएको हो।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै कात्तिक २८ गतेबाट धर्ना दिँदै आएका कानुन व्यवसायीहरूले कैलाली जिल्ला अदालत अगाडि कालोपट्टी बाँधेर ३ दिन देखी धर्ना दिदै आएका छन्।

न्यायपालिकाको सुद्धिकरण र प्रधानन्यायाधीशको राजीनामाको सम्बन्धमा नेपाल बार एशोसिएशनको विरोध कार्यक्रमलाई ऐक्यबद्धता सहित कैलाली अदालत अगाडि आज अन्तिम दिन पनि कालो पट्टी बाँधेर धर्ना दिइएको कैलाली बारका अध्यक्ष शिद्धराज ओझाले बताए ।

न्यायालयमा मौलाएको विकृति, विसङ्गति, भ्रष्टाचार, बिचौलियापनको अन्त्य तथा सर्वोच्च अदालतका माननीय न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन र सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामाको माग गर्दै नेपाल बार एशोसिएशनले थालेको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै विगत ३ दिन देखि आफूहरूले धर्ना दिएको उनले जानकारी दिए।

साथै उनले यस चरणको अन्तिम दिन सम्म सक्रिय सहभागिता जनाई विरोधको कार्यक्रमलाई पूर्ण रूपमा सफल बनाउन सहयोग गर्ने कैलाली जिल्ला अदालत बार एशोसिएशन आबद्ध वरिष्ठ कानुन व्यवसायी लगायत सम्पूर्ण कानुन व्यवसायीहरूलाई हार्दिक आभार सहित धन्यवाद दिएका छन् ।


३० कात्तिक २०७८, मंगलवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु