कञ्चनपुर १ मा चुनाव गरेर एमाले महाधिवेशन प्रतिनिधि चयन

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि कञ्चनपुर क्षेत्र नम्बर १ मा निर्वाचनबाट प्रतिनिधि छनोट गरिएको छ।निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापा (पातल) सहित ५ जना प्रतिनिधि चयन भएको प्रमुख निर्वाचन अधिकृत वेदप्रसाद उपाध्यायले जानकारी दिए।

उनका अनुसार खुलातर्फ अध्यक्ष थापाले सबैभन्दा बढी १ हजार ५ सय १७ मतसहित महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्।यस्तै एमाले कञ्चनपुर सहसचिव पल्लवराज भट्ट ९१,१५३०, भक्तबहादुर अधिकारी ९८०६० र हिरासिंह विष्ट ९७४१० प्रतिनिधि बन्न सफल भएका छन्।

खुलातर्फ ४ प्रतिनिधिका लागि ८ जनाले चुनावी प्रतिस्पर्धा गरेका थिए।खुलातर्फका अन्य उम्मेदवार रोशनबहादुर खड्का ९७२६०, खेम सुवेदी ९६५००, रामचन्द्र नेपाल ९४८५० र खेमराज ओझाले ९२७०० मत प्राप्त गरेका छन्।

यस्तै महिलातर्फ ९ सय २६ मतसहित भूमिसम्बन्धी समस्या समाधान आयोग (कञ्चनपुर) की पूर्वअध्यक्ष कमला बोहरा महाधिवेशन प्रतिनिधि बनेकी छन्। उनकी प्रतिद्वन्द्वी बेलौरी नगरपालिकाकी उपमेयर चित्रादेवी चौधरीले ७ सय २३ मत प्राप्त गरेकी थिइन्।

महाधिवेशन प्रतिनिधिका लागि आंकाक्षी बढी भएकाले सहमति नजुट्दा आइतबार निर्वाचन भएको थियो।निर्वाचन क्षेत्र नम्बर १ मा खुलातर्फ २ हजार ८ सय ६ संगठित सदस्य छन्। तीमध्ये १ हजार ७ सय ४० जनाले मात्रै मतदान गरेका थिए।

तीनवटा निर्वाचन क्षेत्र रहेको कञ्चनपुरको क्षेत्र नम्बर २ मा समहतिको प्रयास जारी छ भने ३ नम्बरमा सर्वसम्मतीबाट प्रतिनिधि चयन भइसकेको छ।


२९ कात्तिक २०७८, सोमवार ११:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु