punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्नै नदिने वकिलहरूको तयारी

Chaupati
safha napa

सर्वोच्च अदालतका दुवै गेटबाट प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आज भित्र प्रवेश गर्न नदिने कानुन व्यवसायीहरूको तयारी छ ।

नेपाल बार एसोसिएसनको अगुवाइमा आन्दोलनरत वकिलहरूले आज सर्वोच्चको मूल गेट र वैकल्पिक दुवै गेटमा धर्ना दिने तयारी गरेका हुन् । उनीहरूलाई रोक्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रहरीले सर्वोच्चका दुवै गेटसम्म आन्दोलनकारी वकिलहरूलाई पुग्न नदिने प्रयास गरेको थियो । तर, प्रहरी घेरा तोड्दै वकिलहरू मूल गेटभन्दा भित्र प्रवेश गरेका छन् ।

पछिल्लो समय विभिन्न प्रकरणमा प्रधानन्यायाधीश जबराको नाम मुछिएको भन्दै बारले उनको राजीनामा मागेको छ । राजीनामा नदिएसम्म आन्दोलन जारी रहने वकिलहरूले बताएका छन् ।


२९ कात्तिक २०७८, सोमवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु